राजनीति


रास्वपालाई राजावादीको पत्र– हाम्रो आन्दोलनमा साथ चाहियो

रास्वपालाई राजावादीको पत्र– हाम्रो आन्दोलनमा साथ चाहियो

नेपालखबर
जेठ ७, २०८२ बुधबार १६:५८, काठमाडौँ

राजतन्त्र पुर्नस्थापनका लागि राजावादीहरूले बनाएको जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो आन्दोलनमा साथ दिन आग्रह गरेको छ।

बुधबार जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर आन्दोलनमा साथ दिन आग्रह गरेका हुन्। 

‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ,’ पत्रमा भनिएको छ, ‘राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ। यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु।’

रास्वपाको वैचारिक चिन्तकै आधारमा आन्दोलनमा साथ मागेको भन्दै सुवेदीले लेखेका पत्रमा  भनिएको छ, ‘तपाईंकै पार्टीको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दै, म हाम्रो आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव गर्दछु।’

राजावादीहरूले राजतन्त्र पुर्नस्थापनका लागि भन्दै जेठ १५ देखि आन्दोलनको घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad