राजनीति


समानुपातिक निर्वाचन प्रणालीले कसैलाई बहुमत ल्याउन दिँदैन, तर एमालेलाई सम्भव छ: प्रधानमन्त्री ओली

समानुपातिक निर्वाचन प्रणालीले कसैलाई बहुमत ल्याउन दिँदैन, तर एमालेलाई सम्भव छ: प्रधानमन्त्री ओली

नेपालखबर
जेठ ५, २०८२ सोमबार १६:३९, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन्।

सोमबार काठमाडौँमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशन उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूहरू मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको बताए। उनले नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको बताए। 

समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भएपनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताए। यही प्रणालीभित्र बहुमत ल्याउनेगरी आवश्यक तयारी थाल्न निर्देशन दिनुभयो। नेकपा एमाले हजार रुपैयाँ गोजीमा हालिलिएर कुदाउन ल्याएको जमात जस्तो नभएको बताए। अराजकता सदैव आफूहरूको शत्रु भएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘समानुपातिक प्रणाली साधारणतया हंग पार्लियामेन्टको प्रणाली हो। यसले कसैको बहुमत आउँदैन, साधारणतया। साधारणतया मात्रै होइन, हामीले यो प्रणाली चुनिसकेका छौँ, प्रणाली यही कायम रहन्छ। यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ। यो कष्टसाध्य छ, चुनौतिपूर्ण छ, तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ। त्यसकारण हामीले मिसन ०८४, एमालेको एकल बहुमत ल्याउने गरीको तयारी यसमा हामी जुटिरहेका छौँ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad