राजनीति


अनेमसंघ समाजवादीको अध्यक्ष बनिन् मुनु सिग्देल

अनेमसंघ समाजवादीको अध्यक्ष बनिन् मुनु सिग्देल

नेपालखबर
जेठ ५, २०८२ सोमबार ५:१०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन्। 

सङ्घको महासचिवमा राजेन्द्र लक्ष्मी गैरे सर्वसम्मत निर्वाचित भएकी छन् भने अन्य पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचनको प्रक्रियामा रहेको संघले जनाएको छ।

सम्मेलनमा सङ्गठन मातहतका प्रदेश, जिल्ला सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार आन्तरिक विवाद समाधान साथै राजनीतिक, साङ्गठनिक, आर्थिक तथा अन्य समसामयिक प्रस्ताव पारित गरिएको छ। 

‘समाजवाद निर्माणको आधार तय गरौँ, सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने नारा तय गरिएको सम्मेलनले केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा रणनीति पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad