राजनीति


भारतलाई निःशुल्क शालिग्राम दिनु गलत- वामदेव गौतम

भारतलाई निःशुल्क शालिग्राम दिनु गलत- वामदेव गौतम

नेपालखबर
जेठ ४, २०८२ आइतबार १८:१७, काठमाडौँ

राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन्।

आइतवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताएका हुन्। 

उनले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई कांग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताए। उनले हिरा कसरी बन्छ भनेर अध्ययन अनुसन्धान नगरिकनै बहुमूल्य शालिग्राम सित्तैमा दिनु उचित नभएको टिप्पणी गरे।

उनले भने, ‘नेपालमा शालिग्राम धेरै छ। जसलाई हिरा भन्छन्। तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ। र शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी लिन सकिन्छ। जहाँ चीनले शालिग्रामबाट हिरा बनाएर फाइदा लिएको छ तर हामी सित्तैमा दिन्छौँ। २०७९ माघ ११ गते सरकारले कालीगण्डकी नदीको शालिग्राम भारतलाई दियो। सो शालिग्राम कांग्रेस माओवादी नेतृत्वको सरकारले सित्तैमा दिएको हो।’

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले अहिलेको पुँजीले गर्नसक्ने जतिमात्र काम गर्नुपर्नेमा जोड दिए। 

यदि देश विकास नै गर्ने हो भने औद्योगिकीकरण गर्ने भनेको क्षेत्र कृषिमात्रै भएको दाबी गरे। तर बजेट र योजना फरक भएको भन्दै कृषिमा बजेट दिनुको साटो किसानलाई बजेट दिँदा फरक हुने उनको भनाई थियो।

उनले विदेशबाट भित्रने रेमिट्यान्सको सही सदुपयोग गरेर उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad