राजनीति


संसदीय उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

संसदीय उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

नेपालखबर
जेठ ४, २०८२ आइतबार १७:३, काठमाडौँ

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो। 

उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको बनाएको जानकारी दिए। 

उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए। उनकाअनुसार उपसमितिले ४ दफा वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ। विधेयकका ६२ वटा दफा सरकारले प्रस्ताव गरेअनुसार नै हुनेगरी सहमति भएको समेत उनले बताए।

उनले भने, ‘विभिन्न १५ वटा परिच्छेद र १६३ दफामा उक्त विधेयकउपचर १५२ समूहमा १६१ माननीय सदस्यहरुबाट १ हजार ७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्तावसहितको विधेयकका सम्बन्धमा उपसमितिले छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार गरेको छ। विधेयकका कुल १६३ वटा दफामध्ये १०१ वटा दफामा परिमार्जन गरिएको छ। १३ वटा नयाँ दफा थप गरिएको छ छ। चारवटा दफालाई हटाइएको छ। १३ वटा दफाको सट्टा नयाँ दफा राखिएको छ। ६२ वटा दफालाई सरकारले प्रश्ताव गरेकै स्वरुपमा टुंगोमा पुर्याइएको छ।’

समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उक्त विधेयककलाई सरकारले संसदको चालु अधिवेशनबाटै पास गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad