रसुवाको गोसाइँकुण्डबाट गाउँपालिका-२ मा साढे ७ किलो सुन बरामद भएको छ भने एक जना पक्राउ परेका छन्।
केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे ७ किलो सुन बरामद गरेको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिए।
उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी पनि रसुवाकै हुन्।
‘अहिले बरामद भएको पहेँलो वस्तु साढे ७ किलोभन्दा बढी छ। यकिन गर्ने काम हुँदै छ,’ डीएसपी शाहीले नेपालखबरसँग भने। गोसाइँकुण्ड गाउँपालिका वडा नं २ बाट सुन बरामद गरेको हो। घटनास्थलबाट प्रहरी टोली सदरमुकामतर्फ फर्किँदैछ।'
441
Shares

प्रतिक्रिया