राजनीति


एमालेले एक जिल्ला र १३ जनसंगठनको अधिवेशन गर्न बाँकी

एमालेले एक जिल्ला र १३ जनसंगठनको अधिवेशन गर्न बाँकी

नेपालखबर
जेठ ४, २०८२ आइतबार १४:३१, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)ले एक जिल्ला र १३ वटा जनसंगठनको अधिवेशन गर्न बाँकी रहेको छ। 

एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसंगठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। 

विसं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ। धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ। 

आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ। ‘पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ’, उनले भने, ‘हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं।’

यस्तै एमालेले गत चैत मसान्तसम्म जनसंगठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटा मात्र जनसंगठनको महाधिवेशन सम्पन्न भएका छन्। आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ। 

उनले ती जनसंगठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन्। एमालेका २२ जनसंगठन रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad