ग्लोबल


भारत-पाकिस्तान द्वन्द्वबारे फेसबुकमा लेख्दा सहप्राध्यापक गिरफ्तार

पत्नीको बिलौना: ९ महिनाकी गर्भवती छु, श्रीमान्‌लाई जबर्जस्ती घरबाट लगियो
भारत-पाकिस्तान द्वन्द्वबारे फेसबुकमा लेख्दा सहप्राध्यापक गिरफ्तार

हरियाणास्थित अशोक विश्वविद्यालयका सहप्राध्यापक अली खान।


नेपालखबर
जेठ ४, २०८२ आइतबार १४:४४, काठमाडौँ

भारत-पाकिस्तान द्वन्द्वबारे सामाजिक सञ्जालमा पोस्ट गर्ने अशोका विश्वविद्यालयका सहप्राध्यापक अली खान महमुदाबादलाई गिरफ्तार गरिएको छ।

स्थानीय बासिन्दा योगेशको उजुरीका आधारमा हरियाणाको सोनीपत प्रहरीले उनलाई पक्राउ गरेको हो।

अली खान महमुदाबादले आफ्नो फेसबुक मिडियामा भारत र पाकिस्तानबीचको द्वन्द्व र दुई महिला सैन्य अधिकारीलाई प्रेस ब्रिफिङमा पठाएकोबारे पोस्ट गरेका थिए। उनले यस पोस्टमा युद्धबाट भएको क्षतिको पनि उल्लेख गरेका छन्।

यस विषयमा योगेशले प्रहरीमा उजुरी दिएपछि स्थानीय प्रहरीले दुई समुदायबीच घृणा फैलाउने धाराअन्तर्गत उनीविरुद्ध कारबाही अघि बढाएको हो। 

बीबीसी हिन्दीका अनुसार प्रोफेसर अली खान महमुदाबादकी श्रीमती ओनाइजाले भनेकी छन्, ‘आज बिहान करिब ६:३० बजे प्रहरीको टोली अचानक हाम्रो घरमा आइपुग्यो र कुनै जानकारी नदिई प्रोफेसर अली खान महमुदाबादलाई आफूसँगै लग्यो।’

ओनाइजाले थपिन्, ‘म नौ महिनाकी गर्भवती छु। म चाँडै बच्चा जन्माउनेछु। मेरो श्रीमान्‌लाई कुनै ठोस कारण वा स्पष्टीकरण बिना नै जबरजस्ती घरबाट लगिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad