राजनीति


माओवादी सांसदको प्रश्न : झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो?

माओवादी सांसदको प्रश्न : झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो?

नेपालखबर
जेठ ४, २०८२ आइतबार १२:६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छिन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन्। झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ। पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन्। जसकारण पनि सरकारको बिरोध भइरहेको छ। 

राईले भनिन्, ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकार? के यो सरकारको आयुको संकेत हो?’

सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad