राजनीति


मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सांसद तिमल्सेनाको आग्रह

मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सांसद तिमल्सेनाको आग्रह

नेपालखबर
जेठ ४, २०८२ आइतबार १२:१७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सरकारसँग माग गरेका छन्। 
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरुको ब्याज र हर्जाना छुट गरिदिन माग गरे।

‘देशभरमा रहेका मझौला उद्योगहरु, इँट्टाभट्टा लगायतका धेरै उद्योगहरु अहिले धेरै मारमा छन्,’उनले भने, ‘उहाँहरुलाई मिटरब्याज भन्दा पनि बढी सरकारले हर्जाना र जरिबाना, यी दुई वटा करले गर्दा उनीहरु कर तिर्न नसक्ने अवस्था छ। राज्यलाई पनि खर्बौं रुपैयाँ राजश्व उठ्ने कुरा वञ्चित भइरहेको छ।’

उनले थपे, ‘धेरै उद्योगपतिहरू मझौला उद्योग गर्ने १७ जनाले आत्महत्या गरेका छन्। कम सेकम सरकारले हर्जाना र व्याज छुट गरिदिने हो भने राजश्व पनि धेरै उठ्ने, करदातहरुले कर पनि तिर्नसक्ने र उद्योगहरु पनि सञ्चालन हुनसक्ने भएकाले सरकारसँग यो बजेटमा यो हर्जाना र ब्याज छुट गरिदिन आग्रह गर्दछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad