प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप-२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शिष्टाचार भेट गरेका छन्।
प्रधाननमन्त्री निवास, बालुुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए। उनले हिमालदेखि समुद्रसम्मको अवधारणमा ठूला मुलुकको पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुपर्ने बताए।
सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसको सन्देश विश्व समुदायसमक्ष पुर्याउने बताए।
भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैह्रआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।
Shares

प्रतिक्रिया