नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुले सात वटा जिल्लाका सांसदहरुका लागि तीन/तीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिए।
आफूहरुको मागबमोजिमको बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको लिष्ट तयार गरेर छानविनका लागि समिति बनाउन बाध्य हुने उनको भनाइ छ।
‘आजको बैठकमा हामीले सात वटा जिल्लामा तीन तीन करोड गरेर २१ करोड माननीयहरुलाई दिने भनेर आफ्नो दलमा बुझाएका छौं,’ तामाङले भने, ‘यदि अर्थमन्त्रीज्यूले कटाउने काम गर्नुभयो भने कांग्रेसका माननीय, एमालेका माननीय र माओवादीलगायतका सांसदहरुको लिष्टसहित समिति बनाउनुपर्ने हुन्छ।’
Shares

प्रतिक्रिया