राजनीति


प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १६:४३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ।  

देउवालाई भेट्न शर्मा शुक्रबार बूढानीलकण्ठ पुगेका थिए। 'पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो' शर्माले भने।  

नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ। सोही अभियानको उद्घाटनका लागि देउवाको गृह जिल्ला डडेलधुरा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देउवालाई फोन गरेका थिए। 

त्यसलगत्तै शर्मा देउवालाई भेट्न पुगेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad