राजनीति


०६४ को जस्तै मा‌ओवादीको हात बलियो बनाइदिनुस्: प्रचण्ड

०६४ को जस्तै मा‌ओवादीको हात बलियो बनाइदिनुस्: प्रचण्ड

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १३:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको सुरुवात गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले जित्नुपर्ने बताएका हुन्। 

'साँच्चै भ्रष्टाचारको अन्त्य गर्न, जनताको हक अधिकार सुनिश्तित गर्न माओवादी केन्द्र बलियो हुन जरुरी छ। जसले यो व्यवस्था ल्यायो त्यो बलियो हुनुपर्छ,' उनले भने, '०६४ जस्तै माओवादीको हात बलियो बनाउन सकियो भने सुशासन र आर्थिक र सामाजिक क्षेत्र बलियो हुनेछ।'

त्यस्तै उनले आफू नेतृत्वको सरकारले राम्रा काम गरिरहँदा बिचौलिया र दलालहरूले कांग्रेस-एमालेसहितको गठबन्धन बनाएर सरकार बाहिर पुर्‍याएको आरोप लगाए। 

'बिचौलिया दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे। तर पनि हामीले खबरदारी गरिरहेका छौँ। सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरेहको छ,' उनले भने, 'ठूलो चुनौतीका साथ सरकारलाई खबरदारी भनिरहेका छौँ। पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो। त्यसकाविरुद्ध अहिलेको गठबनधन सरकार बन्यो। धेरै भ्रष्टाचार काम अघि बढाउँदैछन्। भूमि अध्यादेश हेरौँ। गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन्। यो गलत दिशातिर सरकार गएको छ। हामी त्यसलाई चुनौती दिएर हिँडेका छौँ।'

उनले कांग्रेस र एमालेसँग मिलेर भन्दा एक्लै चुनाव लड्दा उपनिर्वाचनमा पहिलो पार्टी बनेको उनको दाबी छ। उनले अब एक्लै चुनाव लड्न सक्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad