प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आगामी जेठ ६ गतेका लागि तय गरिएको छ।
सभामुख देवराज घिमिरेले मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख भएअनुसार कार्यक्रम तय भएको बताए।
समूह १० मा रहेका सांसदहरूले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न बुझाउनसमेत सभामुख घिमिरेले सांसदहरूलाई आग्रह गरे।
प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन्।
12
Shares

प्रतिक्रिया