राजनीति


रास्वपाका सांसदलाई बजेटबारे प्रशिक्षण

रास्वपाका सांसदलाई बजेटबारे प्रशिक्षण

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १५:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को बजेट अधिवेशनमा विषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार आफ्ना पार्टीका सांसदहरुलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गर्दै रास्वपाले संसद्‌मा विषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने लिने निर्णय गरेको हो।

रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले बजेट प्राविधिक विषय भएकाले विज्ञहरूबाट अन्तरक्रिया र प्रशिक्षण गराउने काम भएको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालबाट बजेटका प्राविधिकका साथै लुकेका पाटोका विषयमा सांसदहरुलाई जानकारी गराइएको थियो।

वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता, बजेटका विषयमा रास्वपा सांसदहरुले सदनमा प्रभावकारी रूपमा छलफलमा भाग लिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad