राजनीति


भिसाधारीलाई अष्ट्रेलियन प्रधानमन्त्रीको आग्रहः आफ्नै मुलुक फर्क

भिसाधारीलाई अष्ट्रेलियन प्रधानमन्त्रीको आग्रहः आफ्नै मुलुक फर्क

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ६:२४,

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाको भ्रमण रहेका मानिसहरु र आफ्नै कमाईले टिक्न नसक्ने विद्यार्थीहरुलाई आआफ्नै घर फर्कने बेला भएको बताएका छन्।

उनले अहिले कोरोना संक्रमणको संकटका बेला आफ्नो देशले आफ्नै नागरिक र त्यहाँका वासिन्दामैं बढि ध्यान दिनुपरेको बताएका छन्।

‘यी विद्यार्थी भिसा र अन्य विभिन्न भिसाको व्यवस्था गरेर अष्ट्रेलियामा रहेकाहरुलाई यहाँ अनिवार्य रुपमा राख्नैपर्ने भन्ने छैन,’ उनले संवाददाताहरुलाई भने।

‘यदि उनीहरु आफै यहाँ बस्नसक्ने अवस्थामा छैनन् भने उनीहरु आफ्नै मुलुक फर्कनसक्ने विकल्प छँदैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका सञ्चारमाध्यमले लेखेका छन्।

उनले अझैपनि त्यहाँ ठूलो संख्यामा भिजिटर भिसामा पुगेका मानिसहरु बाँकी रहेको बताए।

‘सहज अवस्थामा यात्रुहरु आउनु निकै प्रिय कुरा हो। तर अहिलेको जस्तो अवस्थामा भने यदि तपाई यो मुलुकमा यात्रु हुनुहुन्छ भने तपाईहरु आफ्नै मुलुक फर्कने र त्यहाँ उपलब्ध सुविधा प्राप्त गर्नु नै उपयुक्त हुन्छ,’ मोरिसनले भनेका छन्।

मोरिसनले अरु देशबाट अष्ट्रेलिया पुगेर त्यहाँ फलफूल टिप्ने वा अन्य मौसमी कृषी काम गर्न चाहनेले त्यहाँको एक ठाउँबाट अर्को ठाउँ पुगेपछि १४ दिन सेल्फ–आइसोलेसनमा बस्नुपर्ने बताएका छन्।

कोरोनाको संक्रमण थप नफैलियोस् भनी त्यसो गर्नुपरेको उनले बताएका छन्।

त्यसैगरी, कामदारलाई राख्दा स्वास्थ्य र सामाजिक दूरीको नियम कडाईका साथ पालना गर्नैपर्ने बताए।

उनले अन्य भिसाधारीबारे छिटै अध्यागमन मन्त्री डेभिड कोलम्यानले विस्तृतरुपमा बताउने जानकारी दिए।

उनले दोहोर्‍याएर भनेका छन् कि अष्ट्रेलियामा आउने विद्यार्थीले कम्तिमा १२ महिनाको खर्च आफैं व्यहोर्न सक्नुपर्ने कुरा सबैले बुझिराख्न आग्रह गरेका छन्।

‘यो उनीहरुका लागि भिसाका लागि आवश्यकता हो। यो सरकारको कुनै अनुचित अपेक्षा पनि होइन किनभने विद्यार्थीले आफ्नो प्रतिबद्धता अनुसार त गर्नैपर्‍यो नि,’ उनले भनेका छन्।

‘हाम्रो प्राथमिकता अष्ट्रेलियन र अष्ट्रेलियावासीलाई आर्थिक र अन्य उपलब्ध सुविधा दिनु हो,’ उनले भने।

–न्यूज.कम.एयु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad