एनआईसी एसिया बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश सरकारसँगको सहकार्यमा पाँच लाखबराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ।
बिहीबार विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ।
प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केही भए पनि राहत मिल्ने विश्वास बैंकले लिएको छ।
बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाखबराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।
देश लकडाउन भइरहँदा बैंकले ग्राहक सहायता केन्द्र स्थापना गरी चौबीसै घण्टा आवश्यक बैंकिङ सेवा प्रदान गरिरहेको पनि बैंकले जनाएको छ।

प्रतिक्रिया