कारोबार


इ–सेवाले भन्यो : हामीविरुद्ध दुष्प्रचार भयो, नियोजित प्रहार गरियो

इ–सेवाले भन्यो : हामीविरुद्ध दुष्प्रचार भयो, नियोजित प्रहार गरियो

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ६:१३,

अनलाइन भुक्तानी सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवाले केही दिनयता एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इ–सेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य भएको भन्दै खेद प्रकट गरेको छ।

कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इ–सेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इ–सेवामाथि निरन्तर प्रहार गरिएको बताएको हो।

‘यस्तो कार्य कुनै किसिमले न्यायोचित छैन’, उसले विज्ञप्तिमा भनेको छ, ‘विगत ११ वर्षदेखि भुक्तानी सेवाप्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतीय भुक्तानीको जग बसालेको इ–सेवा भएको सबैलाई जानकारी नै छ । सुरुवाती दिनदेखि नै विभिन्न बाधा व्यवधान र अवरोध व्यहोर्दै अहिलेको अवस्थामा आइपुगेका हौँ।’

‘सबै सेवा राष्ट्र बैंककै नियमन र सुपरिवेक्षणमा छ’
आफू नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त र नियमित भएको उल्लेख गर्दै कम्पनीले भनेको छ, ‘हाम्रो संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कुरा आमग्राहकलाई जानकारी गराउँछौँ।’

इ–सेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीको गोपनीयता नीति तथा प्रयोगका शर्तहरु वेबसाइटमै उल्लेख गरी अक्षरशः पालना गरेकोले ढुक्क हुन ग्राहकलाई विज्ञप्तिमार्फत अनुरोध समेत गरिएको छ।

देश लकडाउनमा चलिरहँदा आफ्ना कर्मचारीले चौबीसै घण्टा घरबाटै ग्राहकलाई सेवा दिएको र यस्तो परिस्थितिमा ग्राहकलाई सेवा दिन सधैँ तत्पर रहेको उल्लेख गरिएको छ।

आफूहरुविरुद्ध केही दिनयता विभिन्न अनलाइन, सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दै कम्पनीले त्यसको पछि नलाग्न समेत ग्राहकलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad