राजनीति


आज उभौली पर्व, प्रचण्डले दिए शुभकामना

आज उभौली पर्व, प्रचण्डले दिए शुभकामना

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८२ सोमबार ९:२, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज परेको उभौली पर्वको शुभकामना दिएका छन्। 

‘किराँत समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृति पूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किराँत समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सोमबार बिहान प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ। 

उनले उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव भएको पनि बताएका छन

‘यो पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्दछ,’ प्रचण्डको सन्देशमा भनिएको छ, ‘लामो संघर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकहरू, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वहरूले थप जीवन्त बनाएका छन्। विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव छ।’

उनले उभौली पर्वले किराँत समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदाको जगेर्ना गर्नुका साथै समावेशी, न्यायपूर्ण र समानतामूलक समाज निर्माणतर्फ योगदान पुगोस् भन्ने कामना गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad