जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
धनुषाको जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक भवनको सभा हलमा पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको खुला सत्र उद्घाटन गरे।
महाधिवेशनमा सातै प्रदेशबाट करिब तीन सय प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन आयोजकले जानकारी दिएको छ।
आइतबार महाधिवेशनको बन्द सत्रबाट संगठनको केन्द्रीय समिति निर्वाचित गरिने बताइएको छ।
60
Shares

प्रतिक्रिया