राजनीति


तीन दिनभित्र लिखित कार्ययोजना दिन विभागीय प्रमुखहरूलाई मन्त्री सिंहको निर्देशन

तीन दिनभित्र लिखित कार्ययोजना दिन विभागीय प्रमुखहरूलाई मन्त्री सिंहको निर्देशन

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १४:१८, काठमाडौँ

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभागीय प्रमुखहरूसँग लिखित कार्ययोजना मागेका छन्।

शुक्रबार सहरी विकास मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा भएका कामको समीक्षा बैठकमा उनले कार्यप्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

पटकपटक समीक्षा भए पनि योजनाअनुसार काम नभएको भन्दै मन्त्री सिंहले अब आफूलाई लिखित योजना चाहिएको बताए।

बैठकमा विभागका प्रमुखहरूले आआफ्ना विभागका कार्यप्रगति जानकारी गराएका थिए।

तर कार्यप्रगति सन्तोषजनक नदेखिएपछि उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको टिप्पणी गरे।

समीक्षा बैठकमा भएका कुराहरूलाई गम्भीरताका साथ लिई नतिजा निकाल्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहले उनीहरूलाई सचेत पनि गराए।

उपप्रधानमन्त्री सिंहले नीतिगत रूपमा र विभागलाई काम गर्ने क्रममा आउने समस्याको समाधानका लागि मन्त्रीको तहबाट समाधानका लागि पहल गर्ने बताउँदै विभागको कार्यक्षमतामा सुधार नदेखिएको गुनासो गरे।

अहिलेसम्म विभागहरूको कार्यशैली चित्तबुझ्दो नदेखिएपछि समीक्षा र छलफलअनुसार यो आर्थिक वर्षको बाँकी अवधिमा तीव्र रूपमा काम अघि बढाउन विभागीय प्रमुखहरूसँग ३ दिनभित्र लिखित कार्ययोजना मागिएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad