ad ad

राजनीति


विवेकशील नेपाली दलद्वारा पीपीई हस्तान्तरण

विवेकशील नेपाली दलद्वारा पीपीई हस्तान्तरण

नेपालखबर
चैत २०, २०७६ बिहिबार १३:३५,

विवेकशील नेपाली दलले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ।

दलले काठमाडौँ महानगरपालिकालाई ३२ थान तथा महानगरीय प्रहरी परिसर, टेकुलाई १० थान पीपीई सुट हस्तान्तरण गरेको हो। साथै, प्रयोग विधिबारे समेत जानकारी गराएको विवेकशीलले जनाएको छ।

हाई क्वालिटी ब्रिथेबल फ्याब्रिकबाट बनेको पीपीई सुटको प्रति इकाई मूल्य भ्याट सहित २,०३४ रुपैयाँ परेको जनाइएको छ। उक्त सुट बनाउनको लागि लागेको खर्च दलका सदस्यहरूको स्वेच्छिक आर्थिक सहयोगबाट जुटाइएको पनि विवेकशीलको भनाई छ।

दलकी कोषाध्यक्ष तथा सुट बनाउने कार्यक्रम संयोजक सुमित्रा गुरुङले भनिन्, ‘सरकारको उचित निर्णय र कदमलाई कुनै कन्जुस्याइँ नगरी साथ दिने, अनियमितता भएमा खबरदारी गर्ने र अझ राम्रो गर्न के गर्नुपर्छ, उचित सुझाव दिन हामी निरन्तर लागिरहेका छौँ। साथै यो आपतको घडीमा एकजुट भएर काम गर्न सबैलाई विवेकशील नेपाली दल आह्वान गर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .