ad ad

समाज


स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

नेपालखबर
चैत २०, २०७६ बिहिबार १३:१९,

उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई रु २५ हजार जरिवाना गरिने भएको छ।

कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ नं वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताए।

वडा नं ३ कार्यालयले गाउँवासी होस् वा बाह्य निवासी जो भए पनि स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा रु २५ जरिवाना र जो जति परिवार छन् सबैलाई क्वारेन्टिनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाले बताए। वडा नं ३ खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ।

जिल्ला भित्रिएका ६८८ मध्ये २१ क्वारेन्टिनमा
जिल्ला बाहिर भारत वा काठमाडौँलगायत विभिन्न शहरबाट आएर बाँके, सुर्खेत, जुम्ला, मुगु हुँदै हुम्ला पुगेका स्थानीयवासी क्वारेन्टाइनमा बस्नै मान्दैनन्।

हुम्ला जिल्लाभरि एक सय तीन शययाको क्वारेन्टिन निर्माण गरिएको छ। यहाँको स्थानीय सरकार र स्थानीय प्रशासनले कोभिड –१९ को जोखिम बढ्दै गएपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्नलाई जिल्लाका सातवटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ।

जिल्लाको सदरमुकाम सिमकोटमा रहेको ३० शय्याको क्वारेन्टाइनमा अहिले जिल्ला बाहिरबाट आएका १० र उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्गमा रहेको क्वारेन्टाइनमा ११ शय्या रहेकामा ११ जना नै बसेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .