भारत र पाकिस्तानबीचको युद्धको कारण पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा हुने भएको छ।
पीएसएलले लिगका बाँकी ८ खेलको तालिका र स्थान केही समयपछि सार्वजनिक गर्ने बताएको छ।
बिहीबारका लागि रावल पिन्डी स्टेडियममा तय भएको कराँची किंग्स र पेशावर जाल्मीबीचको खेल आकस्मिक बैठक बसेर नयाँ मितिमा गर्ने बताइएको थियो।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्भीले पीएसएल यूएईमा सार्ने बताएका हुन्।
यूएईमा कुन खेल कहाँ गराउने भन्ने तयारी भइरहेकाले लिग सुरु हुन केही समय लाग्नेछ।
621
Shares

प्रतिक्रिया