राजनीति


कसैको लहडका भरमा गभर्नर नियुक्तिमा ढिलाई गर्नुहुँदैन : रामहरि खतिवडा

कसैको लहडका भरमा गभर्नर नियुक्तिमा ढिलाई गर्नुहुँदैन : रामहरि खतिवडा

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १८:५९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले बजेट  प्रस्तुत गर्ने समयमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त नहुनुले सरकारमाथि नकारात्मक असर पर्नसक्ने बताएका छन्। 

बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको भन्दै कसकैको लहडका भरमा गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिए।

‘गभर्नरको निमित्त गभर्नरसँगै आएर हलो हड्किएको छ,’ खतिवडाले भने, ‘उहाँले अर्काको राजीनामा स्वीकृत गर्दिन भनेर लागेको जस्तो छ। सरकारले यसलाई समाधान गर्ने बाटोमा गएको छ। हामी चाहन्छौँ कसैका लहडका भरमा यसलाई ढिलो समय लानु हुँदैन।’


उनले थपे, ‘अहिले हामी वार्षिक बजेटमाथि छलफल गरिरहेका छौँ। बजेट अधिवेशनमा अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा गभर्नर नै नभएको बेला राष्ट्र बैंकमा भयो भने अर्को नकारात्मक असर पर्न सक्छ, त्यसैले गभर्नर छिटोभन्दा छिटो नियुक्ति गर्नुपर्छ।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad