राजनीति


नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीन : सांसद यादव

नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीन : सांसद यादव

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८२ बुधबार १५:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको टिप्पणी गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत जिकिर गरे।

‘यो नीति तथा कार्यक्रम निराशाजनक छ, यो अलमलमा छ,’ यादवले भने, ‘यो कर्मकाण्डी हो। यसको औचित्य छैन्। विगतको सरकारले छलफल गराउँदा सम्पूर्ण नेपाली जनताको भावनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विधि र प्रक्रियाबाट गर्ने गरेको थियो। यो पालि सरकारले त्यसो गर्न सकेन।’ 

सरकारले ल्याएको नीति  तथा कार्यक्रम विभेदकारी भएको समेत उनको आरोप छ। ‘यो नीति विभेदकारी हो,’ यादवले भने, ‘विगतको सरकारले मानव सूचकांकको आधारमा नीति तथा कार्यक्रम बनाउने र बजेटलाई विनियोजन गर्ने गरिएका थियो, यसपालि यो नीतिले सम्बोधन गरेको देखिँदैन।’ 

नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको समेत उनको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad