राजनीति


धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कमिसन मागेको विषयमा छानबिनका लागि सभामुखबाट रुलिङ होस् : सांसद सापकोटा

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कमिसन मागेको विषयमा छानबिनका लागि सभामुखबाट रुलिङ होस् : सांसद सापकोटा

नेपालखबर
बैशाख २४, २०८२ बुधबार ११:२४, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेको भन्दै ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साना आयोजनासँग ५ र ठूलासँग ७ प्रतिशत कमिसन मागिरहेको ऊर्जा उत्पादक संघ (इप्पान)कै पदाधिकारीले बताइरहेको उनले उल्लेख गरे।

‘हिजो र आज धितोपत्र बोर्डमा कमिसनका कारण २२ महिनादेखि १००९.५ मेगावट क्षमता रहेका ४३ जलविद्युत आयोजना ८९ कम्पनीको  ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको आईपीओ राकियो भन्ने समाचार आएको छ,’ सापकोटाले भने, ‘आजको केही मिडियामा त इप्पानका अध्यक्ष र इप्पानका सदस्यले नै खुलाखुला यसकाबारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्‍यो। यो निकै गम्भीर र दुःखदायी अवस्था हो।’

उनले यो घटनाप्रति दलको तर्फबाट ध्यानाकर्षण गराउँदै यसको छानबिनका लागि सरकारका नाममा छानबिन गर्न समेत माग गरे। ‘यो घटनालाई एउटा भरपर्दो संयन्त्रका साथ छानबिन गर्नुपर्‍यो,’ सापकोटाले भने, ‘यो छानबिनका लागि म सभामुखमार्फत नेपाल सरकारलाई रुलिङका लागि माग गर्न चाहान्छु।’

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जलविद्युत कम्पनीहरुसँग कमिसन मागेको खुलासा नेपाल खबरले गरेको थियो।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad