आज बुधबार काठमाडौँसहित देशका कुन कुन सहरमा वर्षाको सम्भावना छ भन्नेबारे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाले बुधबार बिहान १० बजेतिर जारी गरेको सूचनाअनुसार आज काठमाडौँ उपत्यकासहित ताप्लेजुङ, धरान, पोखरा, जोमसोम, डडेलधुरालगायत सहरमा हल्का पानी पर्ने सम्भावना देखिएको हो।
यसैबीच आज सबैभन्दा बढी तापक्रम भैरहवामा ३६ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जानकारी पनि मौसम महाशाखाले दिएको छ।
यस्तै सबैभन्दा कम तापक्रमचाहिँ आज राति जोमसोममा ५ डिग्री सेल्सिसियसम्म पुग्ने देखिएको छ।
आज कुन प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना कस्तो? विस्तृत विवरण तल:

321
Shares

प्रतिक्रिया