नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे जवाफ दिन सरकारलाई भोलिसम्मको समय दिएको छ।
चौधरीले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं।’
जनमत पार्टी र नागरिक उन्मुक्तिबीच एकता गर्न वैशाख १७ मा एकता सभा आयोजना गरिएको थियो। त्यसका लागि कार्यक्रममा पुगेका रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।
सर्वोच्चको पत्रको आधारमा उनलाई पक्राउ गरेको भए पनि त्यो पत्र सर्वोच्चका अधिकृत महिमानसिंह बिष्टले अनाधिकृतरुपमा लेखेको खुलेको थियो।
सर्वोच्चले महिमानले लेखेको पत्रको खण्डन गर्दै रिहाइका लागि अर्को पत्र लेखेपछि चौधरी छुटेका थिए।
Shares

प्रतिक्रिया