राजनीति


प्रधानमन्त्री र मन्त्रीहरूको वैदेशिक भ्रमणबारे संसदीय समिति अनभिज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण

प्रधानमन्त्री र मन्त्रीहरूको वैदेशिक भ्रमणबारे संसदीय समिति अनभिज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १७:२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको  बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका हुन्। 

विश्व समुदायमा भइरहेका कतिपय घटनाहरुमा नेपाल समेत नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराए। अध्यक्ष नेपालले कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानुपूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउन समेत माग गरे।

‘मन्त्रीज्यूहरूको वैदेशिक भ्रमणहरु भइरहेको छ। तर यो समितिमा त्यसको बारेमा कुनैपनि जानकारी छैन। यस कुरामा समिति र समिति सभापतिज्यूको ध्यान जानुपर्ने आवश्यकता छ’ उनले भने, ‘विभिन्न ठाउँमा हाम्रो संसदीय उपसमितिको टोलीहरु जानुभएको छ। त्यसक्रममा भएको भ्रमणको विषय पनि प्रतिवेदन आउनुपर्ने आवश्यकता पर्छ। तर हाम्रा मन्त्री र प्रधानमन्त्रीहरुको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी गराउने कुरा अनिवार्य गराउनुपर्छ।’

उनले सौर्य जहाजको विषयमा सम्बन्धित मन्त्री र पीडित पक्षहरूबीच संसदीय समितिमा छलफल हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad