राजनीति


सगरमाथा संवादमा जलवायुजन्य समस्या देखाएर विश्वको ध्यान तान्ने खोज्ने छौँ : पराराष्ट्र सचिव

सगरमाथा संवादमा जलवायुजन्य समस्या देखाएर विश्वको ध्यान तान्ने खोज्ने छौँ : पराराष्ट्र सचिव

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८२ आइतबार १६:१५, काठमाडौँ

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादमार्फत हिमाली समुदायले भोगिरहेका जलवायुजन्य समस्या उजागर गर्दै विश्वको ध्यानाकर्षण गरिने बताएका छन्।

सगरमाथा संवाद आयोजना हुनुअघि जनमञ्चले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको मानवसभ्यतालाई नै खतरामा पारेको उल्लेख गर्दै यसप्रकारका समस्या संवादमा राखेर विश्वको ध्यानाकर्षण गरिने बताए। 

‘जलवायु परिवर्तनबाट मानव सभ्यताले भोगेका संकटको विषयमा विश्वव्यापी रुपमा छलफल अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘सगरमाथा संवादमा जलवायु परिवर्तन, हिमाल र मानव भविष्यको विषयमा छलफल गर्ने छौँ।’ विश्वमा जलवायुको संवाद भइरहँदा हिमालको कुरा कम उठेको भन्दै हिमालको मुद्दा विश्वव्यापी बहसमा उठ्ने गरी संवादमा पैरवी गरिने उल्लेख गरे। 

‘पेरिस सम्झौतामा पनि हिमालको कुरा उठाइएको थिएन, साना मुलुकहरुले अस्तित्वको संकट भोगिरहेका छन्,’ राईले भने, ‘हिमाली समुदायले भोगिरहेका समस्या देखाएर त्यहाँको आवाजलाई प्रतिविन्धित गर्न चाहन्छौँ।’

त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासङघका अध्यक्ष ठाकुर भण्डारीले जलवायु अनुकूलन कोषको ८० प्रतिशत बजेट स्थानीय तहमा खर्च हुनुपर्नेमा जोड दिए। ‘सगरमाथा संवादमा सामुदायिक वनले पुर्‍याएको योगदानको चर्चा हुनुपर्छ र उपभोक्तामा जलवायुले पु¥याएको असरको विषयमा अन्तरराष्ट्रिय समुदायको ध्यानआकर्षण हुने गरी नेपालले एजेण्डा अगाडि सक्नुपर्छ,’ उनले भने।

गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले सबै सरोकारवालाको धारणा समावेश गरेर सगरमाथा संवादमा बहस हुनुपर्नेमा जोड दिए।

विविध अभियान, महासंघ, सञ्जाल, गठबन्धन, ससं-संस्था, महिला समूह, साना किसान, अभियन्ता, वातावरण र मानवअधिकारका रक्षक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, आदिवासी, पर्वतीय र समथर क्षेत्रका समुदाय, सीमान्तकृत समुदाय तथा अग्रपङ्क्तिमा रहेका समुदायहरुको विस्तृत भेलाले जनमञ्चको आयोजना गरेको जनाइएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad