राजनीति


ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन : पाण्डे

ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन : पाण्डे

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८२ शनिबार १५:३७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने ठोकुवा गरेका छन्।

शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले बजेटमा समेट्ने सुझाव लिएर बालुवाटार गएको कुरालाई लिएर कुप्रचार भएको समेत दाबी गरे।

‘हामीले बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौँ, त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरे,’ पाण्डेले भने, ‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद् विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन्।’

उनले कसैलाई मिल्न भने भए छोडेर जान सक्ने टिप्पणी समेत गरे। ‘कोही-कोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला,’ पाण्डेले भने, ‘मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ। हामी गलत निर्णयसँग सहमत हुन सक्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad