राजनीति


नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार २०:२९, काठमाडौँ

पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रमले जनताको आशा जगाउने काम नगरेको बताएका छन्।

नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले नीति तथा कार्यक्रम परम्परागत भएको र कुनैपनि नयाँ कुरा नभएको टिप्पणी गरे। नीति तथा कार्यक्रममा वर्तमान र भविष्यको कुनै प्रष्ट मार्ग चित्र नभएको सापकोटाको दाबी थियो। 

नीति तथा कार्यक्रम सार संग्रहजस्तै भएकोले जनतामा कुनै उत्साह जगाउन नसक्ने स्पष्ट पारे।

उनले भने, ‘अनुगमनको पनि अनुगमनजस्ता कुराहरु। हुन त यो स्वाभाविक बन्ला। सुशासन आयोग प्रधानमन्त्रीकै अध्यक्षतामा बनाइरहेको छ। नीति तथा कार्यक्रम परम्परागत त अतितमुखी छ अहिले र भविष्यको प्रष्ट मार्गचित्र छैन। यो अलिकति सार संग्रहबादी छ। यसले जनतामा आशा जगाउँदैन।’

उनले नीति तथा कार्यक्रम निरन्तरताको क्रमभंगतामात्र भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad