नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित भएको बताएका छन्।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताए। उनले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यका विषयमा बढी जोड दिएको बताए।
उनले शिक्षालाई व्यावसायिक र प्राविधिक धारको रुपमा विकास गर्ने नीतिमा आएको दाबी गरे। १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई आत्मनिर्भर हुने गरी स्वरोजगारको व्यवस्था गर्ने सकारात्मक पक्ष भएको बताए।
स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रममा जोड दिएको उनको भनाई छ।।
राष्ट्रिय गौरवका आयोजनाहरुको पूर्वाधार विकासलाई प्राथमिकिकरण गरी प्रतिफलमुखी बनाउन नीति तथा कार्यक्रममा जोड दिएको उनले स्पष्ट पारे।
उनले भने, ‘यस पटकको नीति कार्यक्रम अलि सन्तुलित छ। अलिकति कम्प्रिहेन्सिप ढंगले आएको छ। विगतमा छरपस्ट रुपमा आउँथे, त्यसलाई प्राथमिकिकरण भयो यसपटक। प्राथमिकिकरण गरेको हुनाले अलि छोटो र स्फुर्तिलो पनि छ।’
सांसद भट्टराईले विगतका सरकारले ल्याएको कतिपय कार्यक्रमहरुको निरन्तरता पनि हुने भएकाले नीति तथा कार्यक्रम परम्परागत जस्तो देखिएको बताए।
Shares

प्रतिक्रिया