राजनीति


पोखरा विमानस्थलमा भएको अनियमितताको न्यायिक छानबिन गरौँ: देव गुरुङ

पोखरा विमानस्थलमा भएको अनियमितताको न्यायिक छानबिन गरौँ: देव गुरुङ

फाइल तस्बिर


नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १३:४१, काठमाडौँ

माओवादी केन्द्रका महासचिव देवप गुरुङले पोखरा अन्तर्राष्ट्रि विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन्।

प्रेस सेन्टर कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हुन्।

‘पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ। यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक छानबिन गरिनुपर्छ र दोषीहरू कारबाहीको भागीदार बन्नुपर्छ,’ उनले भने। 

दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले गर्ने राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने दाबी पनि उनले गरे।

उनले भने, ‘हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौँ। गुण र दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्छौं। सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौँ तर हाल दुई ठूलासहितको बलियो सरकार हुँदासमेत राम्रो काम गर्न सकेको छैन।’

देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न, राष्ट्रिय एकता र स्वाधीनताका लागि शान्तिसम्झौताका सहयात्री दलहरू एकैठाउँमा रहनुपर्ने आवश्यकता रहेकाेमा पनि उनकाे जाेड थियाे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad