सरकारले संघीय संसद्मा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ।
शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद् भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो।
तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद् सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो। नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले बताएको छ।
150
Shares

प्रतिक्रिया