राजनीति


मन्त्रिपरिषद्को बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम अचानक स्थगित

मन्त्रिपरिषद्को बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम अचानक स्थगित

फाइल तस्बिर


नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १०:४७, काठमाडौँ

आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ। 

सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै नव नियुक्त राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हाे।

शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम तय गरेका थिए।

प्रधानमन्त्री ओलीको सचिवालयले दुवै कार्यक्रम स्थगित भएको जनाएको छ। तर मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित गर्नुकाे कारण भने खुलाइएकाे छैन।

प्रधानमन्त्रीले नव नियुक्त  ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए।

सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए। 

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।

प्रधानन्त्रीको सचिवालयका एक सदस्यले आज अब मन्त्रिपरिषद् बैठक नहुने बताए। राज्यमन्त्रीको शपथ हुने/नहुने विषय भने उनले केही खुलाएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad