राजनीति


ओली र देउवाबीचको सिंहदरबार भेटघाट सकियो

ओली र देउवाबीचको सिंहदरबार भेटघाट सकियो

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १९:१७, काठमाडौँ

संक्रमणकालीन न्यायबारे छलफल गर्न बोलाइएको तीन शीर्ष नेताहरुको बैठक सकिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो।

आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरीएको भन्दै असन्तुष्टि जनाएर आजको छफलमा प्रचण्ड अनुपस्थित भएका थिए। त्यसपछि ओली र देउवाबीच मात्रै छफल भएको थियो। 

करिब एक घण्टा लामो छलफल सकाएपछि ओली र देउवा सिंहदरबारबाट छुट्टिएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad