प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरुको बैठकमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन्।
सिंहदरबारमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बोलाइएको थियो। संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो।
ओली र देउवाले सिंहदरबारमा छलफल थाले पनि प्रचण्ड भने सहभागी भएनन्। सरकारले गर्ने गलत काममा आफूलाई मुछ्नेगरी बोलाउने गरिएको भन्दै आजको छलफलमा नगएको प्रचण्डको सचिवालयले बतायो।
प्रचण्ड नगए पनि ओली र देउवाले भने छलफल जारी राखेका छन्।
666
Shares

प्रतिक्रिया