प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सत्तापक्षीय प्रमुख दुई दलले असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा जुटेको सहमतिलगत्तै उनीहरूले संयुक्त वक्तव्य जारी गरेका हुन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले चालु अधिवेशनबाट शिक्षा ऐन पारित गराउने प्रतिबद्धता जाहेर गरेका हुन्।
‘कानुन निर्माणको प्रचलित बन्दोबस्त अनुसार प्रतिनिधि सभामा विधेयकउपर सैद्धान्तिक छलफल सम्पन्न गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको विधेयकउपर विस्तृत छलफल र अध्यय गरी त्यसमा छिटो छरितो रुपमा कार्यसम्पादन गर्ने उद्देश्यले मिति २०८१।१२।०८ गते उपसमिति गठन भएको थियो उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका सहमति र समझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ-आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिबद्ध रहेका छौँ’ उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Shares

प्रतिक्रिया