नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो हुने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ९ ले आयोजना गरेको क्षेत्रीय कार्यसमिति र स्थानीय जनप्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सभापति देउवाले वर्तमान संविधान समावेशी रहेको बताए।
उनले भने, ‘समावेशी संविधान छ। हाम्रो पार्टी समावेशी छ। महिला, मधेसी, दलित, जनजाति सबैलाई समेट्न समावेशी व्यवस्था राम्रो छ। यसलाई छाड्नुहुँदैन।’
सभापति देउवाले कांग्रेसलाई एकतावद्ध बनाएर अझ ठूलो पार्टी बनाउनुपर्ने बताए।
87
Shares

प्रतिक्रिया