राजनीति


युवामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सत्तारुढ दलको सुझाव

युवामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सत्तारुढ दलको सुझाव

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १४:२०, काठमाडौँ

सत्ता गठबन्धनमा रहेको दलहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम  विशेषगरी युवालाई आशा जगाउने गरी ल्याउन सुझाव दिएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि जानकारी दिँदै नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले युवापुस्तामा आशा जगाउनेगरी कार्यक्रम ल्याउन सुझाव प्राप्त भएको बताए।

‘खास गरी युवापुस्तामा आशा र विश्वास जगाउनको निम्ति उनीहरूमा उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक प्लान र बजार संरक्षणको समग्र योजनासहितको कार्यक्रम आओस् भन्ने पनि दलहरूले सुझाव दिनुभएको छ,’ उनले भने।

ज्ञवालीले लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणहरूबाट भइरहेका हमला तथा आक्रमणहरूलाई सामूहिक रूपले जवाफ दिने विषयमा पनि सुझाव प्राप्त भएको जानकारी दिए। 

उनले भने, ‘लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणहरूबाट भइरहेका हमला तथा आक्रमणहरूलाई सामूहिक रूपले जवाफ दिनेहरू कुराहरू छन्।’

त्यस्तै विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र उच्च प्राथमिकीकरण गर्नुपर्ने सुझावहरु पनि प्राप्त भएका थिए। त्यस्तै युवा लक्षित उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक प्लान र बजार संरक्षणको समग्र योजनासहितको कार्यक्रम आओस् भन्ने पनि सत्ता सहयात्री दलहरूले सुझाव दिएको ज्ञवालीले जानकारी दिए।

सरकारले १९ गते संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। त्यसबारे छलफल गर्न बोलाइएको बैठकमा सत्तापक्षीय दलहरु सहभागी थिए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली सहभागी थिए। 

त्यस्तै विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राई पनि उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad