सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच आज साँझ ८ बजेदेखि वार्ता जारी रहेको मन्त्रीका स्वकीय सचिव बाबुकृष्ण भेटवालले जानकारी दिए।
उनका अनुसार वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेल वार्तामा सहभागी भएर निस्किएका छन्।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी छ। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा आज पुनः वार्ता भइरहेको जनाइएको छ।
शिक्षक संगठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्।
564
Shares

प्रतिक्रिया