राजनीति


गगनले फेरि भने– कीर्तिपुरको डाँडामा बसेर लाखौँ कमाउन सकिन्छ

गगनले फेरि भने– कीर्तिपुरको डाँडामा बसेर लाखौँ कमाउन सकिन्छ

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १६:४७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई-तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई मजाकको रुपमा पेस गरिएको बताए।

‘मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसंग याद आउँछ,’ थापाले भने, ‘एउटा डाँडामा बसेर दुई-तीन लाख कमाउन सकिन्छ भन्ने मेरो परिकल्पनाको कुरा मैले गरेँ, कतिलाई रमाइलो कुरा पनि भयो। तर, त्यो इमाजिनेशन हो, त्यो ड्रिम हो। सम्भव छ। सम्भव केले छ भन्दा, एउटा व्यक्तिलाई हातमा स्किल र क्षमता दियो भने त्यो स्किल र क्षमताले सम्भव छ।’

उनले अब युग ज्ञान अर्थतन्त्रमा प्रवेश गरिसकिएको भन्दै थापाले भने, ‘अब हामी नलेज इकोनोमीमा छिरेका छौँ। त्यो नलेज इकोनोमीमा चाइनामा जन्मिएको एउटा केटाले डीपसिक बनाएर सिलिकन भ्यालीले उसलाई अनुमोदन नगर्दा पनि एआई मा च्याटजीपीटीसँग कम्पिटिसन गर्न सक्छु भन्ने ठाउँमा पुग्दै गर्दाखेरी त्यो केले बनाएको छ? सब ठाउँमा सम्भावनाको नेटवर्क खुलेको छ।’ 

ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै उनले विपन्न समुदाय उक्त अवसरबाट वञ्चित हुन नहुने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad