राजनीति


उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य राखेर विभागीय तीन मन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता

उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य राखेर विभागीय तीन मन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १९:६, काठमाडौँ

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार र नेपाल शिक्षक महासंघबीच छलफल भइरहेको छ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा  छलफल भइरहेको हो। 

छलफलमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका महामन्त्री गगन थापा, एमाले महासचिव शंकर पोखरेल र शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना प्रतिनिधि छलफलमा सहभागी छन्।

यस छलफलबाट हुने सहमति आजै बस्ने मन्त्रिपरिषद्काे बैठकमा लैजाने र सरकारले त्यसको स्वामित्व ग्रहण गरेपछि शिक्षक महासंघले आन्दोलनका घोषित कार्यक्रममा पुनरवलोकन गर्ने तयारी छ। 

शिक्षक महासंघले आफ्नो ९ बुँदे प्रस्तावमा मन्त्रिपरिषद्ले तत्काल निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताइसकेको छ। 

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुले सरकारमाथि दवाव बढाएका थिए। नेपाली कांग्रेसले महामन्त्री गगन थापा र गृहमन्त्री रमेश लेखकलाई आन्दोलनरत शिक्षकहरुसँग संवाद गरेर सहमतिमा ल्याउने जिम्मेवारी दिएको थियो।

त्यसै अनुसार कांग्रेस नेताकै पहलमा विभागीय मन्त्रीसहित आन्दोलनरत शिक्षक महासंघको नेतृत्वसँग छलफल भएको हो। त्यसकै लागि आज ५ बजे तय गरिएको मन्त्रिपरिषद्को बैठक केही पछाडि सारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad