ग्लोबल


क्यानडामा आम निर्वाचन: सुरु भयो मतदान

क्यानडामा आम निर्वाचन: सुरु भयो मतदान

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १९:५०, काठमाडौँ

क्यानडामा आम निर्वाचनअन्तर्गत सोमबार मतदान सुरु भएको छ।

क्यानडाको आम चुनावमा प्रधानमन्त्री पदका उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नी, कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वेबेकोइस पार्टीका ब्लान्चेट र एनडीपी पार्टीका नेता जगमित सिंह छन्।

गत महिना मात्र लिबरल पार्टीको नेतामा निर्वाचित भएपछि पूर्वबैंकर मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बनेका थिए। तर लगत्तै उनले चुनावको तयारी सुरु गर्नुपर्‍यो।

जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिए।

त्यसबेलादेखि क्यानडाका धेरै नेताले मतदानको माग गरिरहेका थिए।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करपछि क्यानडाले चाँडै चुनाव गराउन सकेन।

क्यानडामा मतदाताहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष मतदान गर्दैनन्। उनीहरूले संसद् सदस्यहरूलाई मतदान गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad