पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूत वर्गलाई भुल्यौं भन्ने गल्ती महसुस भएपछि आफू सच्चिएर दिनरात खटिएको बताएका छन्।
बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले नेताहरुलाई पनि आफू सच्चिन र आफ्नो वर्गलाई समाउन आग्रह गरे।
‘केही गल्ती गरेँ भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने संकल्प गर्दै पछिल्लोपटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडेँ,’ प्रचण्डले भने, ‘अहिले दिनरात दौडिरहेको छु। जनताको बीचमा गइरहेको छु।’
उनले थपे, ‘अब अरु नेताहरू पनि सच्चिनुस्। आफ्नो वर्गलाई समाउनुस्।’
‘माओवादी नुनखाएको कुखुराजस्तो भइसकेका थियौँ,’ उनको भनाइ छ, ‘अहिले चोकचोकमा बसेर हामी भ्रष्टाचारविरोधी, सुशासनको पक्षधर भनेर खुल्ला बहस गर्न सक्ने अवस्था ल्याइएको छ।’
अब लगातार जनताको बीचमा गए २०८४ को चुनावमा २०६४ को जस्तो अवस्था ल्याउन सकिने समेत प्रचण्डको भनाइ छ।
Shares

प्रतिक्रिया