कारोबार


सेयरबजारमा झण्डै ९ अर्बको खरिदबिक्री, सूचक घट्यो

सेयरबजारमा झण्डै ९ अर्बको खरिदबिक्री, सूचक घट्यो

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १६:२०, काठमाडौँ

आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा झरेको हो। 

यस दिन ८ अर्ब ९१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। २ करोड ३६ लाख कित्ता बिक्रीपछि सो परिमाणमा कारोबार भएको हो। 

नेप्से घटेको दिन ७८ वटा सेयर बढेका छन् भने १६७ वटाको मूल्य घटेको छ। 

यसदिन सबैभन्दा बढी नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन्। कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा प्रतिकित्ता १०४.२० रुपैयाँ बढेको छ। यस्तै कमाउनेमा क्रेस्ट माइक्रो लाइफका लगानीकर्ता पनि छन्। कम्पनीको सेयर ९.९९ प्रतिशतले, मध्यभोटेकोशी जलविद्युत् ७.६२ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.९७ प्रतिशतले सेयर बढेको छ। 

आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.४५ प्रतिशत गुमाउँदा युनिभर्सल पावर कम्पनी, त्रिशूली जलविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले पनि अधिकतम ५ प्रतिशतसम्म गुमाएका छन्। 

कारोबारमा ङादी ग्रुप पावरको ७० करोडको खरिदबिक्री हुँदा राधी जलविद्युत्को ४५ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad