राजनीति


आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्छ: देउवा

आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्छ: देउवा

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १०:५८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने बताएका छन्। 

कांग्रेसको उद्योग तथा व्यापार विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले आगामी बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका हुन्।

‘आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ,’ सभापति देउवाले भने, ‘यसले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास मलाई छ।’

उनले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए।

निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैँ  तत्पर रहेको उल्लेख गर्दै देउवाले भने, ‘निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने छ।’ 

उनले सरकारले उद्योग र व्यापार नगर्ने बताए। ‘व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो,’ देउवाले भने, ‘सरकारले व्यापार र उद्योग गर्ने होइन। निजी संस्थाले गर्नुपर्छ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण राज्यले तयार गर्नुपर्ने र सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने बताए। 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विदेशी नागरिकलाई ‘अपार्टमेन्ट’ बिक्री गर्दा फाइदा हुने भन्दै यसबाट पर्यापर्यटनको विकासमा पनि सहयोग पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad